भण्डारी अध्यक्षतामा ‘नेपाल लघु बीमक संघ’को जन्म

काठमाडौं । नेपाल लघु बीमक संघ स्थापना भएको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्षतामा नेपाल लघु बीमक संघ स्थापना भएको छ। लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने उ२ेश्य राखि नेपालमा हाल सञ्चालनमा रहेका लघु बीमकहरु आवद्ध “नेपाल लघु बीमक संघ” नामको गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा जेष्ठ ३ गते दर्ता भएको हो।

नेपाल लघु बीमक संघको कार्य समितिमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव कोषाध्यक्ष रहेका छन्।

यसै गरि सदस्यहरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार