प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने भएका  छन् । एउटा सत्ताधारी दल विभाजित भई सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले उनले  विश्वासको मत लिन लागेका हुन् । यसअघि फागुन ३० गते विश्वासको मत लिँदा प्रचण्डलाई १ सय ५७ सांसदले प्रधानमन्त्रीमा समर्थन थियो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), बिभाजन भएपछि सरकारलाई दोएको सर्थन फिर्ता लिँदै  सरकारबाट बाहिरिएको छ  ।  बिबाजन पश्चात यादवको पक्षमा ५ सांसद छन्। यसअघि उनको दलमा १२ सांसद थिए। तीमध्ये ७ सांसदले विद्रोह गरेर अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ता गरेका छन् ।

नयाँ दलको बैधानिकता निर्धारण अब अदालतबाट हुने भएको छ । जसपाका १२ वटै सांसद गणना  नगर्दा प्रचण्डलाई १४५ जना सांसदको समर्थन हुने देखिन्छ ।

उनले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन पाउने निश्चित छ । उपेन्द्र यादबको नेतृत्वको पार्टी बिभाजन भइ बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले बिस्वासको मत दिनु अगाबै अदालतले पार्टी अबैधानिकन नगरेमा ७ सांसद थपिने छन् ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार