अब यी पाँच मध्ये एक राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ भएको छ।

बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकले जेठ ६ गतेको सीईओ पदमा दरखास्त दिएका उम्मेदरवारहरु मध्येको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने अन्तिम पाँच जना छनोट गरेको हो।

राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न नभएको, भ्रष्टाचार, सम्पत्ति शु्द्धिकरण लगायत अभियोगमा कसुरदार नरहेको र कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको व्यक्तिलाई बैंकको सिईओ नियुक्त गरिने बताइएको छ।

बैंकको सीईओ बन्ने प्रतिस्पार्धामा रहेका पाँच व्यक्ति शंकर केसी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र कृष्णबहादुर अधिकारी हुन्।

छनोट भएका पाँचै जना उम्मेदरवारलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन समितिले भनेको छ।

अन्तर्वाताका लागि सञ्चालक समितिको कार्यालय, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा तोकिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार