प्रधानमन्त्री ‘प्रचण्ड’ लाई १५७ सांसदको साथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत प्राप्त गरेका  छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको वेल घेराउ र नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत प्रापत गरका हुन् । प्रधानमन्त्रीले बिस्वासको मत लिने मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत परेको थियो  । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

बिस्वाको मत माग्न संसदमा संबोधन गर्दै प्रचण्डलले विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि यस्तो गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने प्रधानमन्त्रीले बताएका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार