काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार सेयर कारोबार नेप्से परिसूचक २७.५४ अंकले बढेर २ हजार ९२ अंकमा पुगेर बन्द भएको छ । आइतबार पनि सेयर बजार ४५. ६९ अंकले बढेर बन्द भएको थियो । आइतबार र सोमबार सेयर बजार बढे सँगै लगानीकर्तालाई राहात मिलेको छ ।
सोमबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.३१ अंकले बढेर ३ सय ७४.०७ बिन्दुमा पुगेको हो । सोमबार ३ सय १५ वटा कम्पनीको १ करोड ४३ लाख ७० हजार पटक कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ रहन पुग्यो । सोमबार बजार पुँजीकरण भने ३३ खर्ब १७ अर्ब २९ करोड ६५ लाख रुपैयाँ रह्यो ।
सोमबार १ सय ३५ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ७ वटा कम्पनीको सेयर मुल्य घट्यो र ४ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
सोमबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ८ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ५ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । जसमा फाइनान्स, जीवन बीमा, उत्पादन ,माइक्रोफाइनान्स र निर्जिवन बीमा रहेको छ । बैकिङ ४५.२० , विकास बैंक १७.५७, होटल तथा पर्यटन २०.४२, जलविघुत ३३.९२, लगानी १.३८, म्युअचल फण्ड ०.२२, व्यापार ६०.८२ र अन्य ८.७० अकंले बढेको छ । फाइनान्स १२.३०, जीवन बीमा ८.३७, उत्पादन ३४.६०, माइक्रोफाइनान्स ३०.१३ र निर्जिवन बीमा ५६.०९ अंकले घटेको छ ।
सोमबार सबैभन्दा बढी कारोबार हुनेमा पोखरा फाइनान्स, सिइडिबी हाइड्रो ,फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, साइन रेसुगाँ विकास बैंक र एनआइसीएसिया बैंक रहे । पोखरा फाइनान्सको १९ करोड ९२ लाख रुपैयाँ, सिइडिबी हाइड्रोको १८ करोड ८९ लाख रुपैयाँ ,फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ करोड ४८ लाख रुपैयाँ, साइन रेसुगाँ विकास बैंकको १३ करोड ४२ लाख रुपैयाँ र एनआइसीएसियाको ११ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रो, भगवती हाइड्रो, नेरुडा मिरमिरे लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रो रहे भने सबैभन्दा बढी गुमाउनेमा उपकार लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, मनकामना लघुवित्त वित्तीय संस्था, स्मार्ट लघुवित्त वित्तीय संस्था र नारायणी विकास बैंक रहे ।