अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको उपलक्ष्यमा पैदल र्याली

काठमाडौं । मानव संसाधन क्षेत्रमा काम गरिरहेका विज्ञहरुले अन्तर्राष्ट्रिय मानव संसाधन दिवसका रुपमा मे २० तारेखलाई हरेक बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आइरहेका छन् ।

नेपालमा पहिलो पटक २० मे २०२४ मा १०० भन्दा बढी संघ संस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ ।

मानव संसाधन समाज नेपाल (HRSN) गैर नाफामुलक सामाजिक संस्था हो जुन सन् २०१३ मा वरिष्ठ मानव संसाधन विज्ञहरू द्वारा स्थापित गरिएको हो । यसले मानव संसाधन क्षेत्रलाई व्यवस्थापनको एक महत्वपूर्ण पक्षको रूपमा सुदृढ र सशक्त बढाउनुका साथै मानव संसाधन क्षेत्रका विज्ञहरूको विज्ञतालाई अझ अभिबृद्धि गर्दै निरन्तर रुपमा यसको दायरा बढाउँदै बढाउँदै लैजाने गर्दछ । मानव संसाधन समाज नेपालको प्रादेशीक च्याप्टर बाहेक, आफ्नो अन्तर्राष्ट्रिय सम्बद्धता भारतको NHRDN सँग रहेको छ । मानव संसाधन समाज नेपालले मासिक रुपमा नलेज शेयरीङ शेसन (KSS), तालिम र सीप विकास कार्यक्रमहरू र राष्ट्रिय मानव संसाधन सम्मेलनहरू जस्ता विभिन्न नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

मानव संसाधन समाजको आयोजनामा आज नेपालमा पहिलो पटक विश्व मानव संसाधन दिवस एच आर शेपिङ द न्यू फ्युचर भन्ने नाराका साथ एक घण्टा पैदल र्याली गरि मनाइयो । पैदल र्याली नेपाल राष्ट्र बैंक बालुवाटारबाट सुरु भई भाटभोटीनी, पुलिस हेडक्वाटर गैरिधारा चोक हुँदै पुनः बालुवाटार नेपाल राष्ट्रबैक चेक अगाडि आएर कोणसभा गरी समापन भयो ।

दल यात्राको मुख्य उद्देय आफू स्वस्थ रहनु अरुलाई स्वस्थ राख्न अभिप्रेरित गर्नु र आफू कार्यरत प्रतिष्ठानहरुका सबै कर्मचारीहरुलाई स्वस्थ रहन अभिप्रेरित गर्नु रहेको छ । प्रतिष्ठानका कर्मचारीहरु स्वस्थ रहेमा मात्र प्रतिष्ठान स्वस्थ रहने भएकोले मानव संसाधन समाज नेपालले विश्व मानव संसाधन दिवसको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना गरेको हो । सम्मेलनमा २०० भन्दा बढी विभिन्न प्रतिष्ठानहरुमा कार्यरत मानव संसाधन क्षेत्रका विज्ञहरुको उपस्थित रहेको थियो ।

संगठनात्मक सफलतामा मानव संसाधनको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिन यो कार्यक्रमले महत्त्वपूर्ण कदमको रूपमा रहेको कार्यक्रममा उल्लेख गरियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार