चार लघुवित्तको २९ करोडको एफपीओ पाइपलाइनमा

काठमाडौं । चार कम्पनीको २९ करोड रुपैयाँ बराबरको २८ लाख भन्दा बढी थप सार्वजनिक निष्कासन (एफपीओ) पाइपलाइनमा रहेका छन् । एफपीओ निष्कासनका लागि नयाँ सारक्षी लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

चार वटा लघुवित्तले २९ करोड ४ लाख ३९ हजार २ सय ८४ रुपैयाँ बराबरको २८ लाख ५१ हजार ६ सय ४९ वटा एफपीओ निष्कासन गर्न लागेका हुन्। जसमा नयाँ सारथीले १ सय १६ रुपैयाँ प्रतिकत्ता दरले ३ लाख २९ हजार छ सय ४९ वटा कित्ता, समताले १ सय रुपैयाँ प्रतिकित्ताका दरले ३ लाख ३२ हजार ८ सय ५६ कित्ता, किसानले प्रतिकत्ता १ सय रुपैयाँ दरले १६ लाख ६६ हजार ९ सय ६५ कित्ता, सूर्योदयले १ सय रुपैयाँ प्रतिकत्ता दरले ४६ हजार ७ सय ३० कित्ता र महुलीले १ सय रुपैयाँ दरले ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको पुँजी वृद्धि गर्ने उद्देश्यले एफपीओ निष्कासनका लागि तयार रहे पनि बोर्डमार्फत् अनुमति प्राप्त गर्न नक्सदा समस्या देखिएको हो । कम्पनीका अनुसार एफपीओको लागि आवेदन दिएको लामो समय बितिसक्दा पनि बोर्डमा अध्यक्ष अभावले अनुमति प्राप्त गर्न सकेको छैन ।

विक्री प्रवन्धकहरुमा भने सारथीले एनएमबि क्यापिटल लिमिटेड, समताले मुक्तिनाथ क्यापिटल लिमिटेड, किसानले मुक्तिनाथ क्यापिटल लिमिटेड, सूर्योदयले कुमारी क्यापिटल लिमिटेड र महुलीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नियुक्त गरेको छ । एफपीओ निष्कासनका लागि आवेदन दिएको करिब चार वर्ष भइसक्दा पछिल्लो समय भने बोर्डको कारणले गर्दा सार्वजनकि गर्न नसकिएको हो । बोर्डका अनुसार एफपीओ निष्कासनका लागि सारथीले २०७८ भदौ ९ गते, समताले २०७८ चैत २९ गते, किसानले २०७८ असार २९ गते , सूर्योदयले २०८० भदौ १८ गते र महुलीले २०८० भदौ २४ गते बोर्ड समक्ष आवेदन दिएका थियो ।

बोर्डमा अध्यक्ष नियक्त हुन नसक्दा चार वटा कम्पनीको एफपीओ रोक्किरहेको छ। तत्कालीन अध्यक्ष रमेशकुमार हमालको गत २२ पुसमा कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष विमुख रहँदै आएको छ। अर्थ मन्त्रालयले नयाँ अध्यक्ष नियुक्तीका लागि गत २५ चैतमा पाँचजना सर्ट लिस्ट बनाएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार