अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (एएचपीसी) को १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार