नेपाल सोलार फार्म लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त सम्बन्धमा नेपाल सोलार फार्म लिमिटेड र ग्लोबल आइएमई क्यापिटलको बीचमा  उक्त सेयर निष्कासन सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नेपाल सोलार फार्म लिमिटेडको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् ।

वि.सं. २०७४ सालमा प्रालिको रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको नेपाल सोलार फार्म लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बाफल काठमाण्डौंमा रहेको छ । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको सोलार फार्मको आयोजना कास्की जिल्ला, रुपाकोट गाउँपालिकाको वडा नम्बर ६, सिम्लेमा रहेको छ ।

कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट २०७९ कार्तिक १४ देखि ४ मेगावाट क्षमताको विद्युतशक्तिको व्यापारिक उत्पादन सुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिईसकेको छ । भविष्यमा थप सौर्य उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको यस कम्पनीमा सोलार लगायत अन्य विभिन्न उर्जा तथा विकास निर्माण क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार