सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो ।

कार्यदलले आज कार्यादेशमा सहमति गरेर कार्यादेश बनाएमा आजको संसद बैठक सुचारु हुने छ ।  राष्ट्रपतिबाट संसदमा पेश भएको नीति तथा कार्यक्रममा बहस सुरु हुने छ   ।

यसअघि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएर समितिको कार्यादेश तयार गर्न कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा एमालेका महेश बर्तौला, कांग्रेसका ज्ञानेन्द्र कार्की र जीवन परियार र रास्वपाका शिशिर खनाल रहेको कार्यादल बनाएका थिए

संसदको प्रमुख प्रतिक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार