पारामाउन्ट्सले सुरु गर्यो वुलिङ्ग इभी बिक्री

काठमाडौं । नेपालका लागि  आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउण्ट्स प्रालिले वुलिङ्ग बिंगुओ ईभी गाडि  नेपालमा भित्र्याएको छ । यो गाडी प्रती सबैको चासो रहेको र अत्यन्तै उत्साहपूर्ण सहभागीता भएको जनाउदै नेपालमा अत्याधुनिक एवम्  पर्यावरण–मैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ।

Binguo EV  मा  ३१. ९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री जडान गरिएको छ, जसले एक पटक चार्जमा ३३३  किलोमिटरसम्म यात्रा हुने जनाइएको छ । ७९० लिटर क्षमताको बुट स्पेस भएको Binguo EV छोटो तथा लामो दूरीको यात्राको  लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको छ । यो गाडीको सुरुवाति मुल्य  रु. ३१ लाख ९९ हजार तोकिएको छ । यस गाडीको क्षमता, बनोट, सुविधा एवम् प्राविधिक पक्ष अनुसार प्रतिस्पर्धी माझ मूल्य पनि आकर्षक रहेको विश्लेषण गरिएको छ । यो गाडी  मिल्क टी, ग्यालेक्सी ब्लू र मूस ग्रीन गरि तीन रङ्गहरुमा उपलब्ध छ। गाडीमा गुणस्तरीय लेदर सिट, १० इन्चको इन्फोटेन्मेट स्क्रिन रहेको छ । गाडिमा सुरक्षाको दृष्टिकोणले  क्रुज कन्ट्रोल, इलेक्ट्रिक ड्राइभर सिट, ड्युल एयर ब्याग, इबिडी सहितको एबिएस तथा हिल होल्ड लगायतका थुप्रै प्रविधिहरु अपनाइएको छ।

बिंगुओ ईभी लन्च कार्यक्रममा  प्रत्यक्ष प्रदर्शन र यसका विशेषताहरु तथा यसले प्रदान गर्ने सुविधाहरुको बारेमा समेत जानकारी प्रदान गरिएको थियो भने टेस्ट ड्राइभ मार्फत सहभागीहरुलाई ड्राइभिङ अनुभव समेत प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले द्यष्लनगय भ्ख् लाई यसको बनोट, विस्तारित सुविधा, सुरक्षा, प्राविधिक पक्ष अनि सहजताको आधारमा उत्कृष्ट रहेको बताउँदै  अत्याधुनिक सुरक्षा सुविधाहरू र प्रयोगकर्ता–मैत्री इन्फोटेनमेन्ट प्रणालीको लागि प्रशंसा गर्नुभएको थियो।

पारामाउन्ट्स प्रा. लि. ले लन्च कार्यक्रममा उपस्थित हुने सबैलाई कृतज्ञता व्यक्त गर्दै Binguo EV शोरूम भ्रमण गर्न समेत आग्रह गरेको छ  ।

कम्पनीले निकट भविष्यमा थप  मोडलहरु भित्र्याउँदै नयाँ–नयाँ सुविधाहरु प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार