SKIP THIS

NCELL

आज घट्यो सुनको मुल्य

काठमाडौं ।आज  सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य १२ सय रुपैयाँले नै घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

आज चाँदीको मुल्य ५५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ५४० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ९३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय १६ रुपैयाँ तोकेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार