लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको तेस्रो दिन आइपुग्दा सेयर बजार दोहोरो अंकले बढेको छ । यो सँगै सेयर बजार लगातार तीन दिन बढेको हो । मंगलबार सेयर कारोबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २ हजार १ सय १५.९४ अंकमा पुगेर बन्द भएको छ । आइतबार ४५. ६९ र सोमबार २७.५४ अंकले बढेर बन्द भएको थियो ।

मंगलबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५३ अंकले बढेर ३ सय ७७.७० बिन्दुमा पुगेको हो । मंगलबार ३ सय १७ वटा कम्पनीको ७३ हजार ६ सय ६७ पटक कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ रहन पुग्यो । मंगलबार बजार पुँजीकरण भने ३३ खर्ब ५५ अर्ब २६ करोड १६ लाख रुपैयाँ रह्यो ।
मंगलबार १ सय ९४ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने ४३ वटा कम्पनीको सेयर मुल्य घट्यो र ९ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
मंगलबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ११ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी २ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । जसमा विकास बैंक र व्यापार समुह रहे । बैकिङ १९.९८, फाइनान्स ७५.१५, होटल तथा पर्यटन १४.४४, जलविघुत ५३.५७, लगानी ०.७०, जीवन बीमा १९.१८, उत्पादन १०.५२, माइक्रोफाइनान्स ६७.५९, म्युअचल फण्ड ०.०५, निर्जिवन बीमा २९.६१ र अन्य ६.९१ अंकले बढेको छ । विकास बैंक १२.२४ र व्यापार १४.९७ अंकले घटेको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा पोखरा फाइनान्स, सिइडिबी हाइड्रो ,कालिका पावर कम्पनी, माउन्टेन इनर्जी र सिगंटी हाइड्रो रहे । पोखरा फाइनान्सको २४ करो ६४ लाख रुपैयाँ, सिइडिबी हाइड्रोको १२ करोड ९९ लाख रुपैयाँ ,कालिका पावर कम्पनीको १२ करोड ३८ लाख रुपैयाँ, माउन्टेन इनर्जीको १० करोड ४१ लाख रुपैयाँ र सिगंटी हाइड्रोको १० करोड १० लाख रुपैयाँ बराबर कारोबार भयो ।
मंगलबार सबैभन्दा बढी कमाउनेमा जानकी फाइनान्स, नेरुडा मिरमिरे लघुवित्त वित्तीय संस्था ,मध्ये भोटेकोशी जलविद्युत र हिमालयन लघुवित्त वित्तीय संस्था रहे भने साइन रेसुगां, भगवती हाइड्रो, एनआइसीएसिया ग्रोथ फण्ड, रिभर फल्स पावर कम्पनी र मण्डु हाइड्रो रह्यो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार