शिक्षा मन्त्री सुमना श्रेष्ठको बैंक खातामा साढे ६ करोड नगद, नबिल बैंकमा सेयर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग साढे ६ करोड रुपैयाँ रहेको पाइएको छ। मन्त्री श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको बैंक खातामा कबिर साढे ६ करोड रुपैयाँ नगद रहेको देखिएको हो।

बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

मंगलबार सार्वजनिक गरेको सम्पति विवरणअनुसार मन्त्री श्रेष्ठसँग एनआईसी एशिया बैंकमा १ करोड १५ लाख र एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ छ। उक्त रकम उनको पारिश्रमिक वापतको रहेको उल्लेख गरिएको छ। बाँकी रकम उनको श्रीमानको नाममा विदेशी बैंकमा रहेको छ। उक्त रकमको श्रोत पारिश्रमिक र बिहेको उपहार रहेको उनले उल्लेख गरेकी छन् ।

यसबाहेक श्रेष्ठले आफ्नो पारिश्रमिक रकमबाट काभ्रेको रियाले बिहावरमा ९ लाख ९५ हजार रुपैयाँमा ८ रोपनी ६ आना ३० दाम जग्गा खरिद गरेको सम्पति विवरणमा उल्लेख छ ।

श्रेष्ठसँग ११ तोलाको सुनको गरगहना छ । विहेमा उपहारमा १० तोलाको सुनको गरगहना प्राप्त भएको र बाँकी १ तोला हजुरआमाको शेषपछि प्राप्त भएको उल्लेख गरिएको छ । यस्तै उनीसँग १०० तोलको चाँदीको गहना पनि छ । यो गहनापनि बिहेको समयमा उपहारमा प्राप्त भएको छ ।

उनीसँग बिहेको समयमा उपहारमा प्राप्त भएको १ सेट हिराको सेट र हजुर आमाको शेषपछि हिराको टप एक सेट प्राप्त भएको उल्लेख गरेकी छन् ।

यसैगरी उनीसँग नबिल बैंकमा ७४९ कित्ता सेयर छ । यस्तै विभिन्न ३ वटा निजी कम्पनीमा सेयर पनि छ । सवारी साधनको नाममा २० लाख पर्ने १ थान चारपाग्रे र १ लाख ८५ हजार मूल्य पर्ने १ थान स्कुटर रहेको सम्पति विवरणमा उनले उल्लेख गरेकी छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार