CLI

१० महिनामा २४ अर्बको स्मार्टफोन आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८०.८१ को पहिलो १० महिनामा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

वैशाख मसान्तसम्म १५ लाख २८ हजार ६४४ यूनिट स्मार्टफोन आयात भएको भन्सार विभागको वैदेशिक व्यापार तथ्यांकमा देखिन्छ।

स्मार्टफोनको आयातबाट सरकारले ४ अर्ब ४७ करोड १३ लाम ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपालमा ६० मुलुकबाट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुने गरेको छ। चीनबाट १५ अर्ब ८० करोड १८ लाख ९७ हजार रुपैयाँ बराबरको १० लाख ९५ हजार ४६८ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ७ अर्ब ८१ करोड २४ लाख ४६ हजार रुपैयाँ बराबरको ४ लाख २८ हजार ५२५ यूनिट स्मार्टफोन आयात भएको छ।

बाँकी ५८ मुलुकबाट ३९ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको ४ हजार ६५१ यूनिट स्मार्टफोन आयात भएको छ।

 

Leave Your Comment

Related News