जेठ भित्रमा पोल भाडा नतिरे टेलिकमले कोशीमा इन्टरनेट र केबल तार काट्ने

काठमाडौं । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, विराटनगरले भाडा नतिर आफ्नो पोल प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक र केबल टिभी अपरेटको तार हटाउने भएको छ। टेलिकमको विराटनगर निर्देशनालयले सूचना जारी गर्दै जेठ महिनामा भित्रमा पोलभाडा बापतको रकम नबुझाए असार १ गतेदेखि तार काट्न सुरु गर्ने चेतावनी दिएको छ।

‘कोशी प्रदेशभि पोलहरु प्रयोग गरेका सम्पूर्ण केबल टिभी अपरेटर र आईएसपीहरुले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता गरी अनिवार्य रुपमा आव २०८०/८१ सम्मको पोलभाडा बापतको रकम जेठ मसान्तभित्रमा टेलिकमको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा भुक्तानी गर्न अनुरोध छ। सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्ने सेवा प्रदायकहरुको केबलहरु असार १ गतेदेखि कुनै पनि समय आफ्नो पोलबाट हटाउन सकिनेछ, ’ टेलिकमको सूचनामा लेखिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार