राजस्थानसँग हार्दै आरसीबी आईपीएलबाट बाहिरियो, फाइनल पुग्न राजस्थान र हैदराबादको भिडन्त

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)बाट रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) बाहिरिएको छ। राजस्थान रोयल्ससँग ६ विकेटले पराजित हुँदै आरसीबी इलिमिनेटर राउण्डबाट बाहिरिएको हो।

बुधबार रातिको खेलमा बेंगलूरुले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेटमा क्षतिमा पुरा गरेको हो। राजस्थानको जितमा यशस्वी जैसवालले ४० र रियान परागले ३६ रन बनाए। बेंगलूरुका मोहम्मद सिराजले २ विकेट लिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीका लागि रजत पाटीदारले ३४ र विराट कोहलीले ३३ रन बनाएका थिए। राजस्थानका लागि आवेश खानले ३ विकेट लिएका थिए।

फाइनल पुग्नका लागि शुक्रबार सनराईजर्स हैदराबाद र राजस्थान खेल्ने छन्। यस अघि हैदराबादलाई हटाउँर्द कोलकता नाइट राइडर्स फाइलन पुगिसकेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार