घट्यो सुनको मुल्य

काठमाडौं । सुनको मुल्य आज प्रतितोला १८ सय रुपैयाँ घटेको छ । बुधबार अघिल्लो दिनको मुल्यमा  १०० रुपैयाँ घटेको सुनको मुल्य आज भारी गिरावट आएको छ ।

बिहीबार छापावाला सुनको मुल्य १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मुल्य १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ   । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७२ दशमलव २ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ५ पैसामा कारोबार भइरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार