पहिलो त्रैमासमा साढे ४७ करोड घाटामा रहेको नेपाल पुनर्बिमा कम्पनीले दोस्रो त्रैमासमा नाफा बढायो

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)ले एक दिनको अन्तरालमा चालु आर्थिक वर्ष २०८०/८१ पहिलो र दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले वैशाख ९ गते पहिलो त्रैमास र वैशाख १० गते दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो।

पहिलो त्रैमासमा कम्पनीको घाटा ४७ करोड ५६ लाख ८३ हजार रुपैयाँ रहेको थियो। तर दोस्रो त्रैमासको वित्तीय विवरणमा कम्पनीको नाफा बढेको देखिन्छ। दोस्रो त्रैमासमा कम्पनीले ८१ करोड ३४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ।

समग्रमा कम्पनीको नाफा ३३ करोड ७७ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

दोस्रो त्रैमासमा कम्पनीले खुल प्रिमियम आम्दानी एक अर्ब ७५ करोड ४४ लाख ७९ हजार रुपैयाँ गरेको छ। यस त्रैमासमा कम्पनीको कुल आम्दानी २ अर्ब २३ करोड ३५ लाख ७८ हजार रुपैयाँ छ।

दाबी वापत कम्पनीले कुल ६८ करोड ८४ लाख ७३ हजार रुपैयाँ भुक्तानी गरेको छ। दोस्रो त्रैमासमा कम्पनीको कुल खर्च १ अर्ब २७ करोड ५३ लाख ४६ हजार रुपैयाँ रहेको छ।

कम्पनीको प्रति सेयर आम्दानी २.६४ प्रतिशत, नेट वर्थ प्रति सेयर १४५.७५ रुपैयाँ र पीई रेसियो २५४.९४ प्रतिशत रहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार