‘नाडा ईभी शो’ आयोजना नहुने

file photo

काठमाडौं । यसपाली नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले ‘नाडा ईभी शो’ आयोजना नगर्ने भएको छ । नाडाको बैशाख ९ मा बसेको बैठकले ईभी अटो शो आयोजना गर्ने निर्णय गर्दै मिति तय गर्न व्यवसायीसँग सर्वे गरेको थियो ।

तर, सर्वेका क्रममा व्यवसायीहरुले अहिले व्यवसाय खास नभएको अवस्थामा एकै वर्ष २ वटा अटो शो आयोजना गर्न नसकिने बताएपछि नाडा ईभी अटो शो आयोजना गर्ने निर्णयबाट ‘ब्याक’ भएको हो । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)का अनुसार अब नाडाले हरेक वर्ष आयोजना गर्दै आएको ‘नाडा अटो शो’ मात्रै आयोजना हुनेछ । नाडा अटो शो भदौ अन्तिमतिर आयोजना हुनेछ ।

उनले अब अटो शो नै ईभीमय हुने भएकाले ईभीका लागि छुट्टै शो आयोजना गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएपछि ईभी अटो शो आयोजना नगरिने बताएका हुन् ।

गाडी तथा मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाइएको बेला २०७९ असोजमा नाडाले ईभी अटो शो आयोजना गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार