CLI

उत्पादक कम्पनी स्मार्ट डोर्सको आईपीओ आउँदै

काठमाडौं । उत्पादक तथा वितरक कम्पनी स्मार्ट डोर्सले आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासनका बिक्री प्रबन्धक नियुक्ती गर्नुका साथै धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीका सञ्चालक प्रबन्धक दीपेन्द्र अग्रवालले बताए।

आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ। गत पुसमै धितो पत्र बोर्डमा आवेदन दर्ता गराइसकेको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३ करोड रुपैयाँको ३ लाख कित्ता सेयर ल्याउन लागेको हो। कर्मैचारीका लागि ५ प्रतिशत, म्युचल फन्डका लागि ५ प्रतिशत छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि जारी गरिने अग्रवालले जानकारी दिए।

स्मार्ट डोर्स तीन वर्ष अघि २० करोड रुपैयाँ चुक्ता पुँजी सहित काठमाडौं टोखाको भुतखेलमा स्थापना भएको हो। सर्वसाधारणलाई पनि सहभागी गराउने उद्देश्यले कम्पनी सुरुवातमै पब्लिक कम्पनीको रुपमा दर्ता भएको अग्रवाल बताउँछन्।

‘आईपीओ जारी गर्न बिक्री प्रबन्धक र धितो पत्र बोर्डमा निवदेन दिइसकेका छौं। धितो पत्र बोर्डमा आवश्यक विवरण बुझाउने काम भइरहेको छ,’ उनले भने, ‘अध्यक्ष नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन।’ नयाँ अध्यक्ष नियुक्त भएसँगै कम्पनीले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेर आईपीओ जारी हुने उनले विश्वास व्यक्त गरे।

कम्पनीले विभिन्न थ्रिडी ढोका, झिल्ली ढोका, माइका–क्यानेडियन ढोका, इम्बोस्ड ढोका र जाली ढोकासहित विभिन्न प्रकारका ढोकाको उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको छ । गुणस्तर किफायतीको हिसाबले स्मार्ट डोर्स विश्वसनीय रहेको सञ्चालक अग्रवालको दाबी छ ।

Leave Your Comment

Related News