बैंक तथा फाइनान्सको सीएसआरमा करिब २ अर्ब खर्च

काठमाडौं । बैंक तथा फाइनान्सले सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षकमा करिब २ अर्ब रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुले करिब २ अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । बैंक तथा फाइनान्सले आर्थिक वर्ष २०७९/८० मा ९४ करोड २३ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ८७ करोड ५५ लाख रुपैयाँ खर्च गरेका छन् ।

वाणिज्य बैंकहरुको आम्दानी, खर्च र चुक्ता पुँजी समेत धेरै हुने हुदाँ सामाजिक उत्तरदायित्वमा खर्च पनि उनीहरुको धेरै देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुले ८५ करोड ६२ लाख रुपैयाँ , विकास बैंकहरुले ६ करोड १९ लाख रुपैयाँ र फाइनान्सहरुले २ करोड ४२ लाख रुपैयाँ सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले ७६ करोड ४५ लाख रुपैयाँ, विकास बैंकहरुले ८ करोड ३१ लाख रुपैयाँ र फाइनान्सहरुले २ करोड ७९ लाख रुपैयाँ खर्च गरेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्वको नीतिगत व्यवस्था जारी भएयता बैंक तथा वित्तीय संस्थाबाट निर्दिष्ट व्यवस्थाको कार्यान्वयन हुँदै आएको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । यो शीर्षकमा विनियोजत रकम शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, आयआर्जन क्षमता अभिवृद्धि र पूर्वाधार विकास लगायतका विषयमा खर्च गनुपर्ने हुन्छ र बैंक तथा फाइनान्सले सो क्षेत्रमा खर्चै गर्दै आएका छन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका निम्ति जारी गरिएका एकीकृत निर्देशन २०८० को बुदाँ नम्बर १६ मा बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा क्रियाशील हुन हरेक आर्थिक वर्षको खुद मुनाफाको १ प्रशित रकम विनियोजन गरी सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गर्नुपर्ने व्यवस्था छ । यसका लागि कोष समेत खडा गर्नुपर्ने हुन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार