नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको  एक लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ ।  बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंङ्कले जारी गरेको सुचनामा सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले  आज जेठ ११ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सेयर नखरिद गर्न चाहने लगानीकर्ताले बैकको सेयर शाखा लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीमा बिक्री गरिने बैंकले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार