संसद बैठक बस्दै

काठमाडौं । संघीय प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ । संसदको बैठक गृह मन्त्री रबि लामिछानेको सहकारी ठगिमा संम्लग्न भएको र यसको संसदीय छानबिन हुनुपर्ने माग राखि कांग्रेसले निरन्तर अबरोध राखेको छ । छानबीन समिति बनाउन दुबै पक्ष तयार भएपनि यसको कार्यादेस के बनाउने भन्ने बिषयमा सहमति नजुट्दा  कांग्रेसले आज पनि संसद बैठक अवरोध गर्ने सम्भावना रहेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायतका सम्भावित कार्यसुची रहेको छ ।

संसदमा पेश भएको नीति तथा कार्यक्रममा  विपक्षीहरूको अवरोध बाबजुद पनि नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ  ।

आजको कार्यसुचि

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार