मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी दिन आयोगको अनुरोध

काठमाडौं । मिटरब्याज पीडित सम्बन्धी जाँच बुझ गर्न गठित आयोगले मिटरब्याज पीडितहरुलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी दिन आह्वान गरेको छ ।

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई आफ्नो त्यस्ता लेनदेनका कागजात र विवरण बारे सरकारलाई जानकारी दिन फारमभरि आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो ।

आयोगले गृह मन्त्रालयको वेब साइटमा रहेको फारम डाउनलोड गरी उक्त फारमसँगै त्यस्ता अनुचित लेनदेनका लिखत, टिपोट, सर्तनामा लगायतका सबै सम्झौताका कागजात फोटोकपी गरेर प्रशासनमा बुझाउन भनेको छ ।

‘यस अघिको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ बाट संकलन भई फछ्र्यौट हुन बाँकी रहेका उजुरी निवेदनहरू र त्यसपछि यो आयोग गठन हुनु अघिका निवेदन उपरको कारवाहीका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८०\१०\०८ को पत्रमा स्वीकृत कार्यविधि एवं अनुचित लेनदेनसम्बन्धी वर्तमान कानूनी व्यवस्था अनुसार कारवाही सुचारू हुनेछ ‘आयोगको  सुचनामा भनिएको छ।

आयोगद्वारा जारी सुचना 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार