भारतमा इन्टरनेटको फाइबर काटिँदा नेपालमा सेवा प्रभावित

काठमाडौं । भारतीय भूमिमा इनटरनेट सेवा प्रदायकको फाइबर काटिँदा नेपालमा वर्ल्डलिंकसहितका सेवा प्रभावित भएको छ। सुनौली नाका नजिकको क्षेत्रमा फाइबर काटिँदा शुक्रबार अपराहन्देखि नेपाल इन्टरनेट सेवा अबरुद्ध भएको छ। सीमा नाकामा एयरटेल सहितको फाइबर काटिएको बताइएको छ।

एयरटेल नेपालको सबैभन्दा ठूलो ब्याण्डविथ आपूर्तिकर्ता हो। नेपालमा आयात हुने करिब ७० प्रतिशत ब्याण्डविथ एयरटेलले आपूर्ति गर्ने गरेको छ। एयरटेलको फाइबर काटिँदा त्यसको प्रभाव नेपालको इन्टरनेटमा परेको वर्ल्डलिंका एक कर्मचारीले जानकारी दिए।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार