साताभर सेयर बजार : ११२ अंकले बढ्यो २१ अर्बको कारोबार 

काठमाडौं । साताभर  सेयर बजारमा दोहोरो अंकको वृद्धिदर देखिदाँ यस साता नेप्से परिसूचक १ सय १२.७१ अंकले बढेर २ हजार  १ सय ३१.४९ विन्दुमा बन्द भएको छ । गत साता २ हजार  १८.७६ विन्दुमा पुगको नेप्स परिसूचक यो साता २ हजार १ सय ३१.४९ विन्दुमा पुगेर बन्द भएको हो ।

साताको चार दिन खुलेको सेयर बजारमा कारोबार रकम भने २१ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ पुगेको हो । गत साता भने करोबार रकम १८ अर्ब ५९ करोड ४८ लाख रुपैयाँ थियो । गत साताको तुलनामा यो साता २३.२७ प्रतिशतले सेयर कित्ता कारोबार वृद्धि हुदाँ  ५ करोड ४२ लाख ७२ हजार कित्ता सेयर कारोबार भएको छ । गत साता ४ करोड ४० लाख २६ हजार कित्ता सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचक सँगै यस साता कारोबार रकममा पनि १८.३१ प्रतिशतले  वृद्धि भएको छ । यो सातामा २ करोड १९ लाख ९९ हजार रुपैयाँ कारोबार हुदाँ गत सातामा १ करोड ८५ लाख ९४ हजार रुपैयाँ कारोबार भएको थियो । कुल बजार  पूँजीकरणमा ५.५८ प्रतिशतले वृद्धि हुदाँ यस साता कुल बजार पूँजीकरण रकम ३३ खर्ब ७९ अर्ब ९१ लाख रुपैयाँ रह्यो । गत साता कुल बजार पूँजीकरण रकम भने ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । ब्रोकर कमिसनमा कमी र बैंकले प्राथमिक पूँजीको २० प्रतिशतसम्म शेयर विक्री गर्न पाउन सक्ने व्यवस्थाले सेयर बजार सुधारत्मक देखिएको छ । अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर  घटिरहेको अवस्थामा लगानीकर्ताहरु सेयर बजारतर्फ उन्मुख हुदाँ सेयर  बजार सकारात्मक देखिएको हो । यद्पि अझै पनि वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको छ ।
यसैबीच गत साताको तुलनामा यो साता सबैं समूहरु बढेको छ । गत साताको तुलनमा यस साता बढेका मध्ये बैंकिङ समूह सबैभन्दा अगाडि रह्यो । गत साताको तुलनामा यस साता बैकिङ सूमह १३.४४ प्रतिशत, होटल तथा पर्यटन ३.९८ प्रतिशत, जलविद्युत् ३.९५, लगानी ३.९१ प्रतिशत, जीवन बीमा ३.८८ प्रतिशत, अन्य ३.०९ र म्युअुचल फण्ड ३.०८ प्रतिशतले बढे । त्यस्तै गत साताको तुलनामा यस साता निर्जीवन बीमा २.९३ प्रतिशत, वित्ती २.६७ प्रतिशत, व्यापार २.२१ प्रतिशत, विकास बैंक २.१३, उत्पादन तथा प्रशोधन १.१६ प्रतिशत र लघुवित्त १.०७ प्रतिशतले बढे ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार