सिद्धार्थ व्यवस्थित लगानी योजनाद्धारा सूचीकृत शेयरमा लगानी वृद्धि

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले चैतको तुलनामा वैशाखमा सूचीकृत शेयरमा लगानी बढाएको छ । यो सँगै फण्डले वैशाखमसान्तसम्मम सुचीकृत शेयरमा लगानी ५४ करोड ५७ लाख ६९ हजार रुपैयाँ रहेको छ । चैतमसान्तसम्म उक्त रकम ५० करोड ६५ लाख ५९ हजार रुपैयाँ थियो । फण्डको सार्वजनिक निष्काशन÷ हकप्रद शेयर÷बोनस शेयर लगानी रकम पनि बढेको छ । वैशाखमसान्तसम्म ६५ करोड २६ लाख ३५ हजार रुपैयाँ रहेकोमा चैत मसान्तसम्म ६१ करोड ४ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने चैतको तुलनामा वैशाखमा घटेको छ । चैत मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३ पैसा रहेकोमा वैशाख मसान्तमा घटेर ८ रुपैयाँ ९८ पैसामा झरेको हो ।

त्यस्तै फण्ड वैशाख मसान्तसम्ममा  १ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा छ । चैत मसान्तमा भने फण्ड रू। ३७ लाख ३८ हजार नाफामा थियो । वैशाख मसान्तमा फण्डको आम्दानी घटेकाले नोक्सानीमा गएको हो । चैत मसान्तमा फण्डको जम्मा आम्दानी रू। १ करोड १४ लाख रुपैयाँ रहेकोमा वैशाख मसान्तमा घटेर  ८६ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार