संस्थापक शेयर बिक्रिमा

काठमाडौं । एसआइसि एसिया बैङ्कको स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेष्ट ट्रष्टको संस्थापक समुहको ५०,००० कित्ता सेयर प्रति कित्ता न्युनतम मुल्य रु ७५८ मा बिक्रिको लागि आएको छ

सो सेयर खरिद गर्न चाहने खरिद कर्ताले २०८१जेठ २० गते भित्र कार्यालय समयमा गोप्य शिलबन्दी आबेदन पेश गर्नु पर्ने ।

सो संस्थापक शेयर बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन पाउने छैनन् । सेयर खरिद गर्न चाहने  आवेदकको प्रबन्धपत्र, नियमावलीमा शेयर खरिद विक्री गर्न सक्ने व्यवस्था रहेको हुनुपर्नेछ ।

सेयर खरिदको लागि बोलपत्र आवेदन फारम एनआइसि यसिया क्यापिटल लिमिटेड ट्रेड टावर नेपाल थापाथली ११, काठमाण्डौ, एन आइ सि एसिया  कर्पोरेट कार्यकय थापाथली र शाखा कार्यलयहरु क्रमश (१) विराटनगर-३, मोरङ्ग (२) आदर्शनगर, वीरगंज (३) महेन्द्रपुल, पोखरा (४) श्रवणपथ, बुटवल (५) हस्पिटल लाइन, धनगढी र । (६) विरेन्द्रनगर, सुर्खेत बाट लिन सक्नेछन् ।

यी केन्द्रहरुबाट रु.१००/- नगद भुक्तानी गरी फारम लिन सकिने छ। साथै एन आई सी एशिया बैंकका माथि उल्लेखित शाखा कार्यालयहरुबाट आवेदन दिन चाहने आवेदनकतहिरूले बैंकको छाप लगाएको आवेदन फारम खरिद गरी लिन सक्नु हुनेछ। छाप नलगाएको आवेदन फारमलाई अयोग्य ठहराईबाँडफाँडमा समावेश गरिने छैन । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ। केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ। धेरै नै केरमेट भई कबुल गरेको मुल्य नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइ‌ने छैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार