संसद बैठक बस्दै सरकारको नीति तथा कार्यक्रम पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको निरन्तर अवरोधले बिगत लामो समय देखो संसद बैठक सुचारु हुन सकेको छैन । आज ११ बजे तोकिएको संसद बैठकमा सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसुची रहेका छन् ।

आजको बैठकमा जेठ १ गते सरकारको तर्फबाट राष्ट्रपति राम चन्द्र पौडेलले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । सरकारले आज नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै सदनमा गरिरोध कायम राखेको छ ।

संसदीय समिति बनाउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दुबै तयार भएपनि  छानबीन समितिको  कार्यादेश को बिषयमा बिबाद भएका कारण  छानबीन समिति बन्न सकेको छैन ।

अघिल्लो बैठकमा पनि  पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसुचि रहेको थियो ।

संसदीय छानबीन समितिमा कार्यदल स्तरमा सहमति भएपनि शिर्ष नेताबाट टुंग्नयाउन भनेकोले सो सहमति भईसकौको छैन अहिले प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताको बीचमा छलफल भइरहेको छ ।छानबीन समितिको बिषयमा सहमति नभएमा आगामी जेठ १५ गते सरकारले आर्थिक बर्ष १०८१\०८२ को बजेट अनिबार्य पेश गर्नु पर्ने संबैधानि ब्यब्था रहेकोले आज सरकारलेर जबर्जस्त बैठक संचालन गरी नीति तथा कार्यक्रम पास गर्ने छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार