साताको पहिलो दिन सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढ्न नसक्दा मंगलबार सुनचाँदीको मुल्य स्थिर रहन पुग्यो र बजारमा शुक्रबार कै मुल्यमा कारोबार भएको छ ।

महासंघले आइतबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपैयाँ तोकेको छ । शुक्रबारको लागि पनि सोहि मूल्य छापावाला र तेजावी सुनको तोकिएको थियो ।

महासंघका अनुसार आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार ३ सय ७० रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १६ हजार ८ सय १० रुपैयाँ तोकेको छ । शुक्रबार पनि सोहि मुल्यमा बजारमा कारोबार भएको थियो जसले गर्दा छापावाला सुन र तेजावी सुन प्रति १० ग्रामको मुल्य पनि आइतबार शुक्रबार कै कायम भएको छ ।

त्यस्तै महासंघले आइतबारका लागि चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँ तोकेको छ । आइतबार चाँदी प्रति १० ग्रामको १ हजार ५ सय ९० रुपैयाँ तोकेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार