आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत रहने 

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहने अनुमान गरेको छ । अर्थ मन्त्रालयका अनुसार कृषि, यातायात तथा भण्डारण, आवास तथा भोजन, वित्तीय तथा बीमा र पेशागत वैज्ञानिक क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहेन अनुमान गरिएको हो ।  गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेको थियो ।

उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रको उत्पापदनमा आएको संङ्कुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्रको वृद्धिदर रहेन अनुमान गरेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको सुरुवातमा मागमा सङ्कुचन आएको भएता पनि अधिकांश समष्टिगत आर्थिक सामाजिक परिसूचकमा क्रमशः सुधार हुँदै जाँदा अर्थतन्त्र लयमा रहेको सरकारको दाबी रहेको छ । गत आर्थिक वर्षमा अन्तराष्ट्रिय बजारमा उच्च रहेको इन्धनको मूल्य क्रमशः घट्दै गएको र विश्व आपूर्ति श्रृङखलामा हुँदै गएको सहजताको कारण चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमाभित्र रही मूल्य स्थायित्व कायम भएको छ ।

राजस्व परिचालन क्रमशः सुधार हुँदै गएको र पुँजीगत खर्चमा सुधार हुने नसक्नु समस्याको रुपमा रहेको मन्त्रालयले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार