सातै प्रदेशको आर्थिक वृद्धिदर बढ्ने, आर्थिक वृद्धिदर संघको भन्दा प्रदेशको बढी हुने

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा सात वटै प्रदेशको आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षम सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ३.८७ प्रतिशत भदा माथि रहने अनुमान गरिएको छ । मन्त्रालये आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०÷८१ मा कोशी, मधेश, कर्णाली र सुदु्रपशिचम बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ३.८७ प्रतिशत भन्दा माथि रहने अनुमान गरेको हो ।

यो सँगै आर्थिक वृद्धिदर संघको भन्दा प्रदेशको बढी हुने छ । संघको ३.८७ प्रतिशत रहेन अनुमान गरिएको छ । पर्यटन क्षेत्र कोभिड अघिको अवस्थामा आएको तथा वित्तीय क्षेत्रमा सुधार आएको भन्दै वर्तमान सरकारले उच्च आर्थिक वृद्धिदरको आंकलन गरेको छ ।

यद्पि हिजाका दिनमा सरकारको संघ र प्रदेशको आर्थिक वृद्धिदरको अनुमान भने गलत रहँदै अर्थात् अनुमान ग रे भन्दा कम हुदै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार