६२ प्रतिशत परिवार कृषि पेशमा रहे पनि कृषि उत्पादनमा कमी

काठमाडौं । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको बताइएको छ । आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण अनुरुप कुल परिवारमध्ये कृषि कार्यमा संलग्न परिवार ६२ प्रतिशत रहे पनि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान पछिल्ला वर्षमा क्रमशः घट्दै गएको छ ।

सेवा क्षेत्रको योगदान बढ्दै गएको छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.०९ प्रतिशत, १३ प्रतिशत र ६२.९० प्रतिशत रहेन अुनमान छ । गत आर्थिक वर्षमा यस्तो योगदान क्रमशः २३.९२ प्रतिशत, १३.६० प्रतिशत र ६२.४८ रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार