१ खर्ब ४९ अर्ब सहुलियतपूर्ण कर्जा वितरण

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको फागुनसम्मा साढे १ खर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बतएको छ । आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुरुप चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ३० हजार ८ सय ४४ ऋणलाीलाई सहुलियतपूर्ण कर्जा प्रवाह स्वरुप १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी रहेको बताइएको छ । यस्तो कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी तर्फ १ अर्ब ७७ करोड रुपैयाँ लगानीमा रहेको छ ।

त्यस्तै , पछिल्लो सयम बैंक तथा वित्तीय संस्थामा पहुँच समेत वृद्धि भएको बताइएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार, विघुत्तीय माध्यमबाट हुने कारोबार र वित्तीय साक्षरता प्रर्वद्धनका कारण वित्तीय पहुँचमा सुधार भएको छ । चालु आर्थिक वर्षको फागुन सम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या (लघुवित्त सहित) का आधारमा प्रति शाखा जनसंख्या २ हजार ५ सय १५ जना पुगेको छ । यस्तो जनसंख्या गत वर्षको सोहि अवधमिा २ हजार ५ सय १० जना रहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार