मुलुकभर २ करोड ३७ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । पछिल्लो समय मुलुकमा मोबाइल बैकिङ प्रयोगकर्ता बढेको बताइएको छ । मुलुकभर २ करोड ३७ लाख ८३ हजार जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको आर्थिक सर्वेक्षणमार्फत् बताइएको छ । आइतबार सार्वजनिक भएको सर्वेक्षण अनुरुप चालु आर्थिक वर्षको फागुनसम्ममा उक्त संख्यामा मोबाइल बैकिङ प्रयोगकर्ता रहेका छन् ।

त्यस्तै समीक्षा अवधिमा इन्टरनेट बैकिङ प्रयोगकर्ताको संख्या भने १८ लाख ७४ हजार जना रहेका छन् । यसरी मोबाइल र इन्टरनेट बैकिङ प्रयोगकर्ताको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै , पछिल्लो सयम बैंक तथा वित्तीय संस्थामा पहुँच समेत वृद्धि भएको बताइएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार, विघुत्तीय माध्यमबाट हुने कारोबार र वित्तीय साक्षरता प्रर्वद्धनका कारण वित्तीय पहुँचमा सुधार भएको छ । चालु आर्थिक वर्षको फागुन सम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या (लघुवित्त सहित) का आधारमा प्रति शाखा जनसंख्या २ हजार ५ सय १५ जना पुगेको छ । यस्तो जनसंख्या गत वर्षको सोहि अवधमिा २ हजार ५ सय १० जना रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार