एक वर्षमा महिला शिक्षकको संख्या ७ प्रतिशतले बढ्यो

काठमाडौं । आधारभुत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी रहेको पाईएको छ । यो तथ्याङ्क सँगैनेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले  आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको  आर्थिक वर्ष २०८०\०८१ को आर्थिक सर्वेक्षणमा सो तथ्याङ्क  देखिएको हो  ।

शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१, ५) मा महिला शिक्षकको संख्या ५४. १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो । एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यध्यपि माध्यामिक तह (कक्षा (९ १२) मा भने महिला शिक्षकको संख्या कम छ । माध्यमिक तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार