६ क्यासिनोले साढे ३१ करोड बक्यौता तिर्न बाँकी

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ६ वटा क्यासिनोहरुले ३१ करोड ६५ लाख ४९ हजार रुपैयाँ दस्तुर तथा रोयल्टी बुझाउन बाँकी रहेको देखाएको छ । महालेखाले आफ्नो ६१औँ प्रतिवेदनमार्फत विभिन्न ६ वटा क्यासिनोले २०७९/०८० सम्म ३१ करोड ६५ लाख ४९ हजार रुपैयाँ दस्तुर तथा रोयल्टी बुझाउन बाँकी रहेको देखाएको हो ।

महालेखाले बाँकी रहेको बक्यौता रकम र उक्त बक्यौतामा लाग्ने थप शुल्क समेत अशुल गर्नुपर्ने उल्लेख गरेको छ ।

क्यासिनो नियमावली २०७० को नियम १०, १२ र १३ अनुसार प्राप्त हुनुपर्ने नवीकरण दस्तुर तथा रोयल्टी रकम नबुझाएका भनिएका ६ क्यासिनोको नाम भने महालेखाले उल्लेख गरेको छैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार