बजेटको मुखमा झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम झण्डै ४ अर्ब पुग्यो

काठमाडौं । बजेटको मुखमा सेयर बजारमा सुधार देखिएको छ । सोमबार झिनो अंकले बढेको नेप्से परिसूचक ३.९३ अंकले बढेर २ हजार १ सय १३.२७ विन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेर ३ सय ७८.९२ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार १ सय ४९ वटा कम्पनीको सेयर मुल्य बढ्दा ९० वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८ वटा कम्पनीको सेयर मुल्य स्थिर रह्यो ।३ सय १७ वटा कम्पनीको ९३ लाख ३० हजार २ सय ९५ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँ रहन पुग्यो ।

सोमबार बजार पुँजीकरण भने ३३ खर्ब ५० अर्ब ९७ करोड ७७ लाख रुपैयाँ रहन पुग्यो भने ५८ हजार ४ सय ८३ पटक सेयर किनबेच भयो ।

सोमबार कारोबार भएका १३ वटा समुहमध्ये १० वटा समूहको सेयर कारोबार उकालो लाग्दा ३ वटा समूहको सेयर कारोबार ओरालो लाग्यो । जसमा बैकिङ, होटल तथा पर्यटन र निर्जिबन बीमा रहे । विकास बैंक २५.९३, फाइनान्स २९.८८, जलविद्युत् ६.२६, लगानी १.३७, जीवन बीमा ४१.७६, उत्पादन ५०.७२, माइक्रोफाइनान्स १९.४१, म्युअुचल फण्ड ०.०९, व्यापार ६.२२ र अन्य १०.५६ अंकले बढेको छ । त्यस्तै बैकिङ ८.७७, होटल तथा पर्यटन २६.७२ र निर्जिवन बीमा २४.५३ अंकले घटेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेड, सीइडीबी हाइड्रो, पोखारा फाइनान्स, हाथवेय इन्भेस्टमेन्ट नेपाल लिमिटेड र कालिन्चोक दर्शन लिमिटेड रह्यो । एनआरएनको २० करोड ४० लाख रुपैयाँ, सीइडीबीको १८ करोड ५२ लाख रुपैयाँ, पोखाराको १८ करोड ४७ लाख रुपैयाँ, हाथवेयको १० करोड ४२ लाख रुपैयाँ र कालिन्चोकको ९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबार सबैभन्दा बढी कमाउनेमा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाइजिङ कम्पनी, कालिन्चोक दर्शन, पोखरा फाइनान्स र ग्लोबल आइएमइ ब्यालेन्स फण्ड १ रहे भने सबैभन्दा बढी गुमाउनेमा बुद्धभुमि नेपाल हाइड्रो, नेपाल एसबीआइ डीबेन्चर, सिकलेश हाइड्रो र उपकार लघुवित्त वित्तीय संस्था रहन पुगे ।

सेयर लगानीकर्ताको माग पुरा हुन नसक्दा सेयर बजारले लय समात्न सकेको छैन । सेयर बजारका लगानीकर्ताहरुको ८ संगठनले संयुक्त रुपमा करसम्बन्धी २ बुँदा संशोधन गर्नु पर्ने माग सरकार समक्ष राखेका छन्। जसमा अग्रिम कर नभई उक्त कर अन्तिम कर कट्टी हुने कानूनी व्यवस्था गर्नुपर्ने, यस अनुसार आयकर ऐनको अनुसूची समेत संशोधन गर्ने र अल्पकालिन लगानीकर्ता (३६५ दिनभित्र) ५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताको हकमा (३६५ दिनभन्दा बढी) ३ प्रतिशत पुँजीगत लाभकार कायम हुनु पर्ने माग राखेका छन् । लगानीकर्ताहरुले आफूहरुको माग पुरा भएमा सेयर बजारको समस्या दीर्घकालीन रुपमा समाधान हुने बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार