आज दिउँसो १ बजे बजेट आउदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् ।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संबैधानिक ब्यबस्थाका कारण आज बजेट आउन लागेको हो यो बिचमा संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृह मन्त्री रबि लामिछानेको सहकारी संस्थाको रकम हिनामिना प्रकरण छानबिनका लागि संसदीय समितिको माग राखि सदन अबरोध जारी राखेको थियो । संसदीय छानबिन समिति बनाउन सबै पक्ष तयार भए पनि छानबीन समितिको  कार्यादेशमा दलहरुको बीचमा  सहमति नहुँदा नाराबाजीका बीचमा नीति तथा कार्यक्म पारित गरेको थियो । आज आइपुग्दा कार्यादेशको सहमति नजिक पुगेकाले आजको संयुक्त  संसद बैठक सौहाद्रपूर्ण वातावरणमा सञ्चालन हुने नेताहरुले बताएका छन् ।

संसदीय छानबीन समितिको कार्यादेशको अन्तिम टुंगो बिहान११ बजे न कार्यदलको बैठक बसि लगाउने छ शिर्ष नेतृत्व तहमा कार्यादेशको बिषयमा सहमति जुटि सकेको छ ।

यो बर्ष  १९ खर्ब हाराहारीको बजेट आउने अर्थ स्रोतले बताएको छ  ।

साथै निजी क्षेत्रलाई प्रवर्द्धन गर्न उत्पादन र निर्यातमा सहुलियत तथा अनुदान, स्टार्टअपलाई प्रोत्साहन, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन र सामाजिक सुरक्षाबापत हुने खर्चलाई न्यायिक बनाउने लगायतका विषय बजेटमा समेट्ने तयारी सरकारको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार