बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघले सोमबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ र तेजावी सुन १ लाख ३६ हजार ९ सय ५० रुपैयाँ तोकेको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार ९ सय ७० रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार ४१० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदी प्रति १० ग्राम १ हजार ६ सय ४६ रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार