बागमती प्रदेशले ‘राइड सेयरिङ सेवा’को नियमन गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले ‘राइड सेयरिङ सेवा’लाई व्यवस्थित र नियमन गर्ने भएको छ । प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागमती प्रदेशमा दर्ता भई राइड सेयरिङ सेवा प्रदान गर्ने सेवा प्रदायकको प्रभावकारी नियमन गर्ने उल्लेख गरेको हो ।

नीति कार्यक्रममा उल्लेख भए अनुसार प्रदेश सरकारले राइड सेयरिङ सेवा प्रदान गर्ने सेवा प्रदायकहरुले लिने भाडादर, यात्रु बीमा, सेवा सञ्चालनका शर्तहरु पालना गरे नगरेको विषयमा प्रभावकारी नियमन गरिनेछ ।

अहिले काठमाडौँसहित देशका ठूला शहरहरुमा पठाओ, इनड्राइभ, इड्राइभ जस्ता राइड सेयरिङ सेवा सञ्चालनमा छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार