काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले तयार पारेको बजेट पारित गरेको हो ।
मन्त्रिपरिषदबाट पारित भएसँगै अहिले केही बेरमा बस्ने सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् । आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब हाराहारीको बजेट तयार पारेको बताइएको छ ।
बजेट प्रस्तुत गर्नका लागि अपरान्ह ३ बजे संसदका दूबै सदनको संयुक्त बैठक बोलाइएको छ ।