काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सार्वजनिक गरेका हुन् ।
सभामुख देवराज घिमिरले बजेट सार्वजनिक गर्न अर्थमन्त्री पुनलाई आग्रह गरेका हुन् । करिब १९ खर्ब ५० अर्बको बजेट ल्याउने तयारी रहेको छ ।