सुनकोशी–मरिण डाइभर्सनका लागि ३ अर्ब १२ करोड बजेट

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तराईका ५ जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण थालिएको यो परियोजनाका लागि आगामी आर्थिक वर्षका लागि ३ अर्ब १२ करोड रुपैयाँ बजेट छुट्याइएको हो ।

यो परियोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गत वैशाख अन्तिममा भइसकेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार