२ लाख व्यक्तिलाई न्यूनतम् १०० दिनको रोजगारी दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा २ लाख व्यक्तिलाई १ सय दिनको रोजगारी दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् ।

स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराएर करिब २ लाख व्यक्तिलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान गरिने कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार