यी हुन् बजेटका मुख्य ब्यबस्था, बॅुदागत रुपमा

काठमाडौं । आर्थिक बर्ष २०८१\०८२ को लागि सरकारले संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत गरेको बजेट का मुख्य बुँदाहरु यसप्रकार रहेक छन्

  • आर्थिक वृद्धि ६ प्रतिशत, मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण
  • सरकारले आगामी आर्थिक वर्ष १ अर्बको अनुसन्धान तथा विकास कोष स्थापना गर्ने ।
  • वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीबाट उद्यमशीलता प्रवर्द्धन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरी एक लाख जनालाई स्वरोजगार बनाइने ।
  • सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ६ अर्ब बजेट, दुई लाखलाई १०० दिनको रोजगारी ।
  • प्रत्येक प्रदेशमा एक हजार युवालाई सीपमूलक तालिम दिन ४३ करोड।
  • कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान, गाई र भैंसीको नस्ल सुधारका लागि ३८ करोड बिनियोजन।
  • सार्वजनिक, निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सन्चालनको लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने । ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड बिनियोजन।
  • खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट । क्रिकेट रंगशाला निमार्णलाई बजेटमा प्राथमिकता। जसअन्तर्गत काठमाडौंमा रहेको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाबाबु क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा ।
  • वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई नि:शुल्क बनाइने ।
  • प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँच सम्मको दिवा खाजाका लागि आठ अर्ब ३९ करोड ।
  • निजगढदेखि ढल्केबरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैंचा करिडोरको रूपमा विकास गरिने ।
  • शान्ति कोष’ स्थापनाको लागि १ अर्ब रुपैयाँ बिनियोजन ।
  • पहाडी र उच्च पहाडी क्षेत्रका २ हजार हेक्टर जग्गामा फलफूल खेती विस्तार गर्ने घोषणा। फलफूलको कम्तीमा ७ लाख गुणस्तरीय विरुवा उत्पादन गर्ने गरी १४ सरकारी फर्मको क्षमता विस्तार गरिने घोषणा। फलफूल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड विनियोजन।
  • चिया कफी, अलैंची र हिमालयन वाटर ब्रान्डिङ गरिने ।
  • सरकारले आगामी आर्थिक वर्ष विद्युत् उत्पादन क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने।
  • निर्माण प्रक्रियामा जाने तयारीमा रहेको १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु हुने।
  • चिकित्सा शिक्षा, कृषि, इन्जिनियरिङ, सुचना प्रविधि लगायतका उच्च शिक्षा अध्ययनका लागि सक्रिय कोष मार्फत सहुलियत पूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने ।
  • सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था।
  • सबै वडा केन्द्र, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याइने ।
  • अधिक जोखिम भएका वित्तीय क्षेत्रको सघन सुपरीवेक्षण गर्ने घोषणा । क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा व्यवसाय, रेमिट्यान्स र बैंकिङ क्षेत्रमा सघन सुपरीवेक्षण गर्ने ।
  • खुला कारागारलाई सञ्चालनमा ल्याइने। कारागारमा कैदीको चाप अत्याधिक रहेको उल्लेख गर्दै चापलाई कम गर्न प्रोभेसन र प्यारोलको व्यवस्था गरिने ।
  • सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा बनाउने ।
  • भौतिक पूर्वाधारमा डेढ खर्ब बजेट, फास्ट ट्र्याक र पूर्वपश्चिम राजमार्ग विस्तार प्राथमिकतामा । काँकडभिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, नारायणगढ, बुटवल र गोरुसिंगे, र भालुवाङ लमही सडक स्तरोन्नति सुरु गर्ने ।
  • सुरूङमार्ग, इन्टरसेक्सन र फ्लाइओभर निर्माणका लागि पाँच अर्ब ६३ करोड बिनियोजन ।
  • नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउन दुई अर्ब ४६ करोड बजेट बिनियोजन।
  • विद्यार्थीको सिकाई अभिवृद्धि गर्ने र नेतृत्व विकास गर्न साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गरिने ।
  • नेप्सेको पुनर्संरचना गर्ने घोषणा गरिने । निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा  सूचीकरण हुनुपर्ने
  • आलु, प्याज र स्याउमा भ्याट छुट यस्तै मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको र
  • औषधि, इन्डक्सन, काजु, बदाममा छुट सहुलियत।
  • पाँच जिल्लामा कस्तूरी मृग लगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना ।
  • ८० वटा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने । नेपालको परम्परागत बागचाल, डन्डिबियो, घोडचरी जस्ता खेललाई प्रवर्द्धन गर्नुका साथै आधुनिक प्रविधिसँग जोडिएका खेलकुद प्रतियोगिता आयोजना गर्ने।
  • बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतलाई सार्वजनिक–निजी साझेदारीमा पुनः सञ्चालनमा ल्याउने ।
  • सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लगि ११ अर्ब बजेट विनियोजना गरेको छ ।
  • बागमती सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन।
  • स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ १ प्रतिशतमात्र कायम गरेको ।
  • गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने ।
  • जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्नेदेखि, तनहुँको चुँदी रम्घामा सबै नेपालीभाषीका मुर्धन्य स्रष्टाको प्रतिमा र सप्ताधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने ।
  • नेपालमा वैवाहिक समारोह आयोजनाका लागि आउने पर्यटकलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा घोषणा गरिने । जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाउने ॥

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार