CLI

आगामी केही दिन तराईका भू-भागहरूमा गर्मी बढ्ने, तातो हावा बहन सक्ने

काठमाडौं । आगामी केही दिन सम्म देशभरको तापक्रमक तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । तराइ मधेका  भू-भागहरूमा आगामी ३ दिन (२०८१ जेठ १६ गते देखि २०८१ जेठ १८ गते) सम्म तातो हावा (Hot Wind) तथा तातो लहर (Heat wave)  को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बिभागले एक बुलेटिन जारी गर्दै तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न अनुरोध गरेको छ  ।

बिभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ

Leave Your Comment

Related News