प्रभु बैङ्कको संस्थापक सेयर बिक्रीमा  

काठमाडौं । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले  लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, मार्फत शिलबन्दी बोलकबोल गर्नु पर्नेछ । शिलबन्दी बोलकबोलमा भाग लिने सेयर खरिदकर्ताले २०८१/०२/१६ गते देखी २०८१/०३ /१८ गते ३ बजे सम्म आबेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने खरिदकर्ताले  बोलपत्र आवेदन फाराम रु. १००/- (एक सय) नगद भुक्तानी गरी लक्ष्मी सनराईज क्यापिटल लि., कमलपोखरी काठमाडौंबाट बाट लिनु पर्नेछ ।

बोलकबोलमा भाग लिँदा आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ ।

बोलकबोलवालाले बोलकबोलमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नं., आफ्नो खाता रहेको बैंकको नाम र खाता न., टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार