बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । आज बुधबार सुन र  चाँदी दुबैको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो १ लाख ३६ हजार ९ सय ५० मा कारोबार भएको  तेजावी सुनको मुल्य हिजोको मुल्यमा  ६ सय रुपैयाँले बढी प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार